चैत्र १२ गते, २०८१ - १६ः४९
Follow us:

कुलमान घिसिङका भने–लोडसेडिङ गराउनेहरु फेरि सल्बलाए


काठमाण्डौँ २५ चैत्र ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गर्नुभएको छ । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छबी धमिल्याउने प्रयत्न भएको भन्दै उहाँले आज पत्रकार सम्मेलन आयोजना गर्दै असन्तुष्टि जनाउनुभएको हो । गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै केही सञ्चारमाध्यमा समाचार आएको प्रति खेद प्रकट गर्दै उहाँले आफुले राम्रो काम देखेर सरकारले मुल्याकंन गरेर ६ लाख दिएको स्पष्ट पार्नुभयो ।

वार्षिक कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको उहाँले बताउनुभयो । आफ्नोविरुद्ध खेल गर्नेहरुसँग प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको उहाँको दाबी छ । प्राधिकरणको बोर्ड बैठकमा छलफलमा भएका कुरा बंग्याएर बाहिर ल्याउने गतिबिधि बढेको उहाँको भनाइ छ । विगतमा प्राधिकरणको कार्यकारी निर्देशकसँग मिलेर लोडसेडिङ गराउनेहरु सक्रिय भएको उहाँले बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्: