धादिङ प्रहरीलाई अहिले सम्मको ठुलो सफलताः६ सय ४३ किलो गाँजा सहित एक जना पक्राउ
चैत्र १६ गते, २०७५ - ०३ः१७ मा प्रकाशित
धादिङ १५ चैत्र धादिङको गजुरी गाउँपालिकाको पेटारबाट प्रहरीले लागु औषध चरेस सहित एक जना महिलालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा घर खानतालासी गर्दा प्रहरीले सुकमायाँ तामाङको घरबाट ठुलो परिमाणाममा लागु औषध गाँजा चरेस बरामद गरेको हो ।
लागु औषध नियन्त्रण ब्यूरोको विशेष टोलीले दक्षिणी धादिङको गजुरी गाउँपालीका स्थित पेटार भन्ने ठाँउबाट गए राती ६ सय ४३ किलो लागु औषध चरेस र गाँजा सुकमाया तामाङलाई प्रक्राउ गरको हो ।
बिक्रीका लागी तयारी अवस्थामा राखिएको १ सय १० किला चरेस, ५ सय ३४ किलो गाँजा र चरेस बनाउनका लागी तयार गरिएको गाँजाको धुलो बरामद गरेको हो । जिल्लामै यति ठूलो परिमाणको लागु औषध पहिलो पटक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाईएको छ ।