चैत्र ३ गते, २०८१ - २३ः२३
Follow us:

जिल्ला होटल संघ धादिङको निर्णयः महोत्सबबाट बचेको पैसाले शव वाहन किन्ने


धादिङ १४ चैत्र ।
धादिङबेसी स्थित रायोटारमा सन्चालन भएको महोत्सवबाट नाफा भएको पैसाले शव वाहन किन्ने जिल्ला होटल संघ धादिङले जनाएको छ । धादिङ पर्यटन तथा औद्योगिक मेलाबाट नाफा भएको पैसाले शब वाहन किन्ने निर्णय भएको जिल्ला होटल संघ धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभएको हो । बिहिबार पत्रकार सम्मेलन गरेर मेलामा भएको कारोबारको बारेमा जानकारी गराएको हो । –
जिल्लामा एउटा पनि शव वाहन नहुँदा समस्या भएको भन्दै शव वाहन किन्ने योजना सँगै मेलाको आयोजना गरीएको थियो । फागुन १७ गतेदेखी २६ गते सम्म सन्चालन भएको महोत्सवमा ५ करोडको कारोबार भएको र ६ लाख ३३ हजार नाफा भएको बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । धादिङबेसीमा सन्चालन भएको महोत्सव सोचे जस्तै सफल भएको भन्दै आगामी बर्षहरुमा यस्तै महोत्सवको आयोजना गरीएने राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्: