त्रिशुलीमा बेपत्ता रविन राईको शव एक दिनपछि भेट्टीयो
चैत्र १५ गते, २०७५ - ०३ः३५ मा प्रकाशित
धादिङ १४ चैत्र । त्रिशुली नदीमा पौडी खेल्न जाँदा नदीले बगाएर बेपत्ता भएका रबिन राईको शव विहिबार फेला परेको छ । बुधबार साथिहरु सँगै त्रिशुलीमा पौडी खेल्न गएका १८ बर्षिय रविन राई नदीमा बेपत्ता भएका थिए । धादिङको गल्छि गाउँपालिका वडा नम्बर १ धैरेनीका रविन राईको शव बिहिबार बगाएको स्थान भन्दा ५० मिटर तल फेला परेको हो । राईको खोजिको लागी सशस्त्र प्रहरी बल बिपद व्यावस्थापन तालिम केन्द्र कुरिनटार चितवनबाट गोटाखोर ल्याइएकको थियो । बिहीबार सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प आदमघाट, प्रहरी चौकी बैरेनी र कुरिनटारबाट आएका गोटाखोरको संयुक्त टोलीले शव फेला पारेको हो ।