भाद्र ११ गते, २०८३ - ०१ः३८
Follow us:

सडकमा रहेको निर्माण सामाग्री हटाउदै धादिङ प्रहरी


धादिङ ११ चैत्र ।
धादिङबेसी बजारमा पैदलयात्रीनै हिड्न समस्या हुनेगरी राखीएको निर्माण सामाग्री हटाउनको लागि प्रहरीले अभियान सन्चालन गरेको छ । धादिङबेसी बजारमा अहिले निर्माण सामाग्री राख्नाले पैदलयात्रीलाई हिड्नलाई पनि समस्या भएको छ भने दुर्घटनाको जोखीम पनि बढाएको छ । बजार क्षेत्रमा सडकनै ढाकीने गरी राखेको निर्माण समाग्रीहरु बालुवा,गिट्टी,रड लगायतको सामाग्री हटाउनको लागी प्रहरीले सम्बन्धीत घरधनीलाई आग्रह गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत धादिङ प्रहरीले सोमबार धादिङबेसी बजारमा सकड छेउमै रहेको निर्माण सामाग्री हटाएको हो । सडक छेउमा राखीएको निर्माण सामाग्री हटाउनको लागी सम्बन्धीत घरधनिले प्रतिबद्धता जाहेर गरेको जिल्ला प्रहरी कार्यलय डिएसपी तथा सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभएको छ ।

प्रतिकृया लेख्नुहोस्: