कुम्पुरमा ट्रक दुर्घटना हुँदा एकै वडाका ९ जना घाईते(घाईतेको नाम सहित)
चैत्र १२ गते, २०७५ - ०३ः३१ मा प्रकाशित
धादिङ ११ चैत्र । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ भज्याङमा ट्रक दुर्घटना भएको छ । सोमबार साँझ ट्रक दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । निर्माण सामाग्री झारेर फर्कदै गरेको बा ३ ख ८७८८ नम्बरको स्वराज ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का ३५ बर्षीय सबिना घले, १७ बर्षीय जुनमाया नेपाली, ५० बर्षीय फुलमाया घले,हस्तमाया घले, ३५ बर्षीय मिठु नेपाली , २८ बर्षीय मिश्री नेपाली, ३२ बर्षीय कौशिल्या नेपाली , ३९ बर्षीय साबित्रि घले रहेका छन् । घाईतेहरुको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।