धादिङ १० चैत्र । मोटर साईकल चोरी गर्ने गिरोहलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। घरमा राखेको मोटरसाईकल चोरी गर्ने धादिङ र नुवाकोटका तिन जनालाई प्रहरीले प्रक्राउ गरेर आईतबार सार्वजनिक गरेको छ । प्रक्राउ पर्नेमा खनियाबास गाउपालिका वडा नम्बर ५ बस्ने वर्ष २० को घन बहादुर गुरुङ, नुवाकोट किस्पाङ गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष २८ को किप्पा तामाङ, सोहि स्थान बस्ने वर्ष २५ को संजय लामा रहेका छन् ।
उनीहरुलाई पाँच दिनको म्याथ थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।धुनीबेशी नगरपालिका वडा नम्बर ५ स्थित प्रभात अर्यालको बा७२ प ९५९८ नं को २२० सिसि को पल्सर मोटसाईकल, सोहि स्थान बस्ने लामिछाने टोलमा चोरी भएको बा ७२ प ९५९८ नम्बरको पल्सर मोटरसाईकल, बा ९० प ३३६० नम्बरको यामहा मोटरसाईकल र मोटरसाईकल धनी पत्ता लाग्न बाँकि रहेको बा ८५ प ११६९ नम्बर को २०० सिसिको मोटरसाईकल सहित प्रहरीले तीन जनालाई प्रक्राउ गरेको हो ।