चैत्र १२ गते, २०८१ - १६ः२१
Follow us:

प्रदेश ३ को निर्णयःधादिङको नगरपालिकालाई दमकल र गाउँपालिकालाई एम्बुलेन्स


धादिङ ९ चैत्र ।
प्रदेश नम्बर तीनले धादिङको दुई वटा नगरपालिकालाई दमकल र एघार वटा गाउँपालिकालाई एम्बुलेन्स दिने भएको छ ।अत्यावश्यक दमकल र एम्बुलेन्स प्रदेश सरकारले सहयोग गर्न लागेको हो । अहिलेको समयमा पनि एम्बुलेन्स नहुँदा ग्रामिण क्षेत्रका विरामीहरुले अकालमा ज्यान गुमाउनु पर्ने बाँध्यता रहेकोले प्रदेश सरकारले सबै स्थानीय तहमा कम्तिमा एउटा एम्बुलेन्स उपलब्ध गराउने काम अगाडि बढाएको प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।
नगर क्षेत्र भन्दा गाउँ क्षेत्रमा एम्बुलेन्सको आवश्यकता धेरै भएकोले पनि सरकारले गाउँपालिकालाई एम्बुलेन्स दिने कामलाई प्राथमिकतामा दिएको हो । ३ नंवर प्रदेश सरकारले प्रदेश तीनभित्र पर्ने सबै स्थानीय तहलाई दमकल तथा एम्बुलेन्स दिने भएको छ । प्रदेश नंबर ३ को १ सय १९ स्थानीय तहलाई प्रदेश सरकारले एम्बुलेन्स तथा दमकल सहयोग गर्न लागेको हो । । प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालयले प्रदेशको सबै स्थानीय तहमा एम्बुलेन्स तथा दमकलको लागि आवश्यकताको विवरण उपलब्ध गराउनको लागि स्थानीय तहलाई पत्रचार गरेको हो ।

प्रतिकृया लेख्नुहोस्: