स्वर्गीय भरत बहादुर थापा(क्षेत्री)को श्रद्धाञ्जली सभा सम्पन्न
चैत्र १० गते, २०७५ - ०३ः५७ मा प्रकाशित
धादिङ ९ चैत्र । नेपाली कांग्रेसका स्थानीय नेता तथा क्षेत्रीय प्रतिनीधि स्वर्गीय भरत बहादुर थापा क्षेत्रीको श्रद्धाञ्जली सभा शनिवार सम्पन्न भएको छ ।जनसम्पर्क समिति दक्षिण कोरियाका सदस्य एवंम नेपाली काँग्रेस नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का सचिव मनोज थापाको पुजनीय बुबा भरत थापाको १३ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
वि.स. २०१७ साल श्रावण २० गते जन्मनु भएका श्रेत्री सामाजिक काममा सक्रिय हुनुहुन्थ्यो ।नेपाली कांग्रेसको स्थानीय नेता समेत रहेका स्वर्गीय भरत बहादुर थापा(क्षेत्री)को वि.स २०७५ साल फागुन २७ गते ५८ बर्षको उमेरमा अल्पायुमै निधन भएको हो ।
शनिवार सम्पन्न भएको श्रद्धाञ्जली सभामा नेपाली काँगं्रेस धादिङका सभापति रमेश धमला, नेपाली काँग्रेसका नेता तथा पुर्व सभापति रामनाथ अधिकारी, नेपाली काँग्रेसका नेता भक्त लामा,नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष ईश्वर अधिकारी, नेपाली काँग्रेस धादिङका देवी कोईराला,महाधिवेशन प्रतिनीधि राकेश धमला र वडा नम्बर १३ का सभापति टंक प्रसाद धमला लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका सभापति रमेश धमलाले स्वर्गीय भरत बहादुर थापा क्षेत्रीको निधनले पार्टीलाई मर्महात बनाएको बताउनुभयो ।यसैगरी नेपाली कागं्रेसका नेता रामनाथ अधिकारीले भरत बहादुर थापा क्षेत्रीको निधिनले नेपाली काँग्रेसलाई ठुलो क्षती पुगेको भन्दै पार्टीमा पु¥याउनु भएको योगदानको सम्मान गर्नुभएको छ ।श्रद्धाञ्जली सभामा बोल्ने नेता तथा काँग्रेस कार्यकर्ताहरुले भरत बहादुर थापा(श्रेत्री)को निधनले समाज र पार्टीलाई ठुलो क्षती पु¥याएको बताउनु भएको थियो ।