१ सय ६४ केजी चरेश सहित गजुरीबाट एक भारतीय नागरिक पक्राउ
चैत्र ९ गते, २०७५ - ०३ः३२ मा प्रकाशित
धादिङ ८ चैत्र । धादिङको गजुरीबजारबाट प्रहरीले १ सय ६४ केजी चरेश सहित एक भारतीयलाई प्रक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले गजुरीबजारमा चेकजाँच गर्दा काठमाण्डौबाट उत्तर प्रदेश जादै गरेको युपी–१९ टि ५१७१ नम्बरको ट्रकबाट उक्त परिणामको चरेश बरामद गरेको हो । प्रहरीले उत्तर प्रदेशका बर्ष २३ का मौ महतावलाई प्रक्राउ गरेको हो।
ट्रकको क्याविन माथि पट्टी भएको सामान राख्ने भागमा ८ वटा पलाष्टिकको बोरामा लागु औषध चरेश भारत तर्फ लैजादै गर्दा प्रहरीले सुराकीको आधारमा प्रक्राउ गरेको हो ।ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।घट्नाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । प्रहरीले अघिल्लो महिना पनि गजुरीबजारबाटै १ सय ६ केजी चरेश बरामद गरेको थियो ।