जेष्ठ ५ गते, २०८३ - २२ः३२
Follow us:

५४ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस धादिङमापनि मनाईयो


धादिङबेसी ७ चैत्र ।
धादिङबेसीमा बिहिबार ५४ औँ अन्तराष्ट्रि जातिभेद तथा रङ्गभेद उन्मुलन दिवस मनाईएको छ । “सबै प्रकारको जातिय छुवाछुत तथा विभेद विरुद्ध प्रतिरोध गरौं, सामाजिक न्याय सहितको समृद्ध र समावेशि नेपाल निर्माण गरौं”भन्ने मुल नाराका साथ बिहिबार ५४ औँ अन्तराष्ट्रि जातिभेद तथा रङ्गभेद दिवस मनाईएको हो ।

दलित सेवा संघ जिल्ला शाखा धादिङका अध्यक्ष श्याम मगरातीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय,प्रहरी प्रमुख राजकुमार बैदवारको विषेश आतिथ्य रहेको थियो । कार्यक्रमका अतिथिहरुले नेपालले जातिय विभेद विरुद्धको कानुन संविधानमा उल्लेख भएता पनि व्यवहारमा लागु नभएको बताउनुभएको थियो । छुवाछुतप्रतिको आफ्नो मानसिकतालाई परिर्वतन नगरेसम्म विभेद अन्त्य नहुने भन्दै बोल्ने बक्ताहरुले सामाजिक जागरणको आवश्यकता रहेको बताउनु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्: