चैत्र ३ गते, २०८१ - २३ः०३
Follow us:

काभ्रेमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

काभ्रे ५ चैत्र ।

काभ्रेको रोशी गाउँपालिकाका गोली चलेको छ । प्रहरी र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको हो । विप्लव समूहले बम बनाइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि उक्त समूहका कार्यकर्ता जाइलागेपछि प्रहरीले प्रतिकार गरेको दाबी उच्च प्रहरी स्रोतको छ । घटनास्थलबाट बम बनाउने कार्यमा संलग्न दुईजना पक्राउ परेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ । सरकारले प्रतिबन्ध लगाएपछि देशभर विप्लव समूहविरुद्ध सुरक्षा संयन्त्र परिचालित छ ।स्रोतःकाठमाण्डौ टुडे

प्रतिकृया लेख्नुहोस्: