चैत्र १२ गते, २०८१ - १८ः०५
Follow us:

प्रयास नेपालद्वारा प्रेम सागर फाउण्डेसनलाई २५ हजार सहयोग


धादिङ ५ चैत्र ।
आफ्नो १८ आँै स्थापना दिवसको अवसरमा प्रयास नेपाल धादिङले थाक्रे गाउँपालिका वडा नम्बर ५ दामेचौरमा रहेको जनभोजनालयलाई नगद २५ हजार सहयोग गरेको हो । जिल्लाको सामाजिक विकासमा सहयोग गर्दै आईरहेको संस्था प्रयास नेपालले मंगलबार जनभोजनालयमै गएर नगद हस्तान्तरण गरको हो ।
जनभोजनालय संचालन गरि बालबालिकालाई निशुल्क सेवा दिदै आएको प्रेमसागर फाउन्डेसनलाई खाजा र खाना खुँवाउदा एकदिनमा हुने खर्च रु २५ हजार रकम खर्च हुनेमा संस्थाले स्थापना दिवसको अवसर पारेर मंगलबार थांक्रे गाउँपालिका वडा नं ५ दामेचौरमा जनभोजनालयमा नै पुरेर संस्थाका उपाध्यक्षलाई हस्तान्तरण गरिएको हो ।
प्रेमसागर फाउन्डेसनद्वारा संचालित जनभोजनलयमा मकवानपुर जिल्लाको ३ वटा माध्यमिक बिद्यालय,१ वटा आधारभुत बिद्यालय र धादिङ जिल्लाको १ वटा माध्यमिक बिद्यालय,३वटा आधारभुत बिद्यालयका गरि जम्मा ५सय जना फाउण्डेसनमा रहेका छन् ।
सहयोगी हातहरुले दिनु भएको यस्तै सहयोगले जनभोजनालय संचालन भएको पनि राउतले बताउनु भयो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष सबिता अर्याल,उपाध्यक्ष रेष्टन कडेल,सचिव विर बहादुर श्रेष्ठ,कार्यकारी निर्देशक दामोदर अर्याल लयायत कार्यसमितिका पदाधिकारी,कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: