जेष्ठ ५ गते, २०८३ - २१ः४६
Follow us:

धादिङको खनियावासमा ग्याँसको सिलिण्डर भड्कियो


खनियावास ३ धादिङ ।
धादिङको खनियावास गाउँपालिका वडा नम्बर १ गर्तुङमा ग्यास सिलिण्डर भड्केर आगलागी हुँदा एकघर जलेर नष्ट भएको छ । खाना पकाउन राखेको ग्याँस चुलोबाट एक्कासी आगोलागी भएर ग्याँसा सिलिण्डर पड्किदा चक्र बहादुर तामाङको दुई तल पक्कि घर पुरै क्षती भएको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।
ग्याँस पड्किएर दुई तल घर पुर्ण रुपमा क्षती भएपनि मानविय क्षती नभएको प्रहरीले जनाएको छ । घरमा रहेको अन्नपात र लत्ताकपडा सहित १३ लााख २४ हजार ४ सय ५० रुपैँया बराबरको क्षती भएको छ ।

प्रतिकृया लेख्नुहोस्: