भाद्र ९ गते, २०८३ - ०१ः५५
Follow us:

एड्भान्सका ८२ जना विद्यार्थीले पाए ब्लाक बेल्ट


धादिङ ३ चैत्र ।
सदरमुकाम धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा अध्ययन गर्ने ८२ जना विद्यार्थीले ब्लाक बेल्ट पाएका छन् । आईतबार सम्पन्न भएको ब्लाक बेल्ट ग्रेडिङ परिक्षामा ८२ जना पास भएका हुन् । एड्भान्स एकेडेमीले तेक्वान्दो खेललाई पाठ्यक्रममानै राखेको छ । जिल्लाको अन्य विद्यालय भन्दा खेलकुदमा एड्भान्स एकेडेमीले जिल्ला स्तरीय विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गरीसकेको छ । आईतबार तेक्वान्दो संघ नेपालका केन्द्रिय अध्यक्ष शिव कोईरालाको प्रमुख आतिथ्यतामा ब्लाक बेल्ट ग्रेडिङ परिक्षा सम्पन्न गरेको हो ।
विद्यालयले कक्षा ३ देखी ८ कक्षा सम्मका विद्यार्थीहरुलाई अनिवार्य तेक्वान्दो खेलको प्रशिक्षण दिदै आएको छ । गतबर्ष १८ जनाले ब्लाक्क बेल्ट पाएकोमा यसबर्ष यो संख्या बढेर ८२ जना पुगेको हो। यो बर्ष कक्षा ६,७ र ८ कक्षाबाट जम्मा ८२ जना परिक्षामा सहभागी भएका थिए ।
एड्भान्स एकेडेमी कम्पनी संचालक समिति समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । ब्लाक बेल्ट ग्रेडिङ परिक्षाको मुल्यांकन राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रिय अध्यक्ष शिव कोईराले गर्नुभएको थियो ।

प्रतिकृया लेख्नुहोस्: