बैशाख ३ गते, २०८३ - ०८ः१६
Follow us:

विप्लव नेकपाका नेता धादिङ घर भए मोहन कार्की पक्राउ

काठमाडौँ, २ चैत । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त)लाई प्रहरीले गिरफ्तार गरेको छ । पारिवारिक स्रोतका अनुसार उनलाई शुक्रबार साँझ ललितपुरबाट गिरफ्तार गरेको हो ।

सादा पोसाकका प्रहरीले बेलुकी ८ बजेतिर गिरफ्तार गरेको जनाइएको छ । कार्की यसअघि पनि बुटवलबाट काठमाडौँ आउनेक्रममा थानकोटबाट अर्का नेता कृष्ण धमला (गम्भीर)सँगै पक्राउ परेर रिहा भएका थिए ।

धादिङबेसी स्थायी घर भएका कार्की जनयुद्धमा धादिङबाट पूर्णकालीन हुने पहिलो नेता हुन् । उनी माओवादी विभाजनपछि विप्लव नेतृत्वको नेकपामा आवद्ध छन् ।

सरकारले सो पार्टीमाथि प्रतिबन्ध लगाएको दुईदिनपछि कार्की गिरफ्तार परेका हुन् । यसअघि अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्दु चन्द, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष राजु कार्की, नेकपाका नेताहरु केदार खतिवडा, सुर्य भुजेल, खेम खड्का, देवकुमार लिम्बु लगायत देशैभरी दर्जनौँ नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: