जिल्लाको शान्ति सुरक्षाबारे प्रहरी कार्यालयमै छलफल
चैत्र २ गते, २०७५ - ०१ः२१ मा प्रकाशित
धादिङबेसी १ चैत्र । जिल्लाको शान्ति सुरक्षाको विषयमा धादिङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार धादिङबेसीमा जिल्ला स्थित सुरक्षा निकायबीच जिल्लाको शान्ति सुरक्षाको विषयमा छलफल भएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मिति जिल्ला प्रहरी कार्यालय धादिङको सभाहलमा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालज्यूको प्रमुख आतिथ्यतामामा अन्तरक्रिया कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा प्रहरी प्रमुख राजकुमार बैदवार‚राष्ट्रिय अनुसन्धान विभाग धादिङवेशीका उप अनुसन्धान निर्देशक सुदिप अधिकारी‚ देवीदत्त गण सुरक्षा गुल्म धादिङवेशीका सेनानि रुपेश चापागाई‚ सशस्त्र प्रहरीका धादिङवेशीका प्रमुख दर्शन गिरी‚ जिल्ला सरकारी वकिल कार्यालय धादिङका सहायक जिल्ला न्यायाधिवक्ता गोबिन्द हुमागाई‚धादिङ जिल्ला अदालतका श्रेस्तेदार नवराज दंगाल‚ डीएसपी प्रकाश बिष्ट‚ईनिस्पेक्टर भोलामान सिंह अधिकारी सहितको टोलीद्धारा प्रहरी कर्मचारीहरुको लागि संचालित सुरक्षा तालिमका प्रशिक्षार्थी प्रहरी कर्मचारीहरुसंग धादिङ जिल्लाको विभिन्न भागको शान्ति सुरक्षाका विषयमा छलफल भएको छ । नेपाल प्रहरी र अन्य निकायहरु बिचको समन्वय‚ सहकार्य प्रकृति‚ समाजका अपराध रोकथाम तथा अनुसन्धान लगायतका विषयमा छलफल भएको हो ।