धादिङबेसी २८, फागुन धादिङमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बगैचा स्थित सल्यानटारजाने बाटोमा ना ६ त २७८० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ फिट तल खस्दा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर १ बस्ने २४ बर्षिय अबिनास तामाङ घाईते भएका हुन ।
फोटोःगुगल
घाईतेको जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पश्चात काठमाण्डौ लगीएको छ । दुर्घटनापछि चालक फरार रहेको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी तथा सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो ।