धादिङबेसी २८, फागुन धादिङ जिल्लाको खानिखोला बजारमा रहेका होटल तथा किराना पसलहरुको मंगलबार अनुगमन गरीएको छ , समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय खानिखोलाको संयुक्त संयोजनमा बजार अनुगमन गरीएको हो । सहायक प्रमुख जिल्ला अधिकारी धोलक राज ढकालको नेतृत्वमा प्रहरी,खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका प्रतिनिधि लगायतको टोलीले अनुगमन गरेको हो ।
धुनिवेशी नगरपालिका वडा नम्बर ९ स्थित ६ वटा किराना पसल र ५ वटा होटल गरी जम्मा ११ वटा पसलको अनुगमन गरीएको हो । अनुगमनको क्रममा विभिन्न अखाद्य बस्तु विक्रि वितरण गरेको पाईएको छ । अनुगमनको क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थलाई नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो ।