जेष्ठ ११ गते, २०८३ - १३ः४७
Follow us:

आधारभुत शिक्षा नलिएकाहरुको बैंक खाता नखोलिने

धादिङबेसी २५,फागुन ।
नेपाल सरकारका विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोख्रेलले वि.स २०८५ साल सम्म आधारभुत शिक्षा नलिने व्यक्तिको बैंक खाता पनि नखोलिने बताउनु भएको छ । अहिलेको सरकारले शिक्षा तीनिमा आमुल परिवर्तन गरेको भन्दै उहाँले २०८५ साल सम्म सम्पुर्ण नागरिकहरुलाई शिक्षित बनाउने लक्ष्य रहेको बताउनु भएको छ । शिक्षालाई दैनीकी सँग जोड्ने उद्देश्यको साथ सररकारले राष्ट्रिय शिक्षा नीति निर्माण गरेको बताउनु भएको छ ।

शिक्षा राम्रो भएमात्र देशको विकास हुने भन्दै उहाँले विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा ल्याउनको लागि विशेष पहल गरीने बताउनु भएको छ । अझै पनि नेपालमा ६० हजार भन्दा बढी विद्यार्थीहरु विद्यालय बाहिर रहेको बताउनु भएको छ ।आगामी बर्ष नेपाललाई साक्षर नेपाल घोषणा गरिने बताउनु भएको छ । साक्षर नेपाल घोषणा गर्ने काम अन्तिम चरणमा पुगेको भन्दै उहाँले आउदो बर्ष साक्षर नेपाल घोषणा गर्ने दावी गर्नुभएको छ । साक्षर नेपालबाट शिक्षित नेपाली बनाउने अहिलेको सरकारको मुख्य काम हुने बताउनु भएको छ ।

पत्रकारको प्रश्नको उत्तर दिदै मन्त्री पोख्रेलले राहत शिक्षकहरुलाई स्व्वत स्थायी गर्ने भन्दा पनि प्रतिस्पर्धाबाटै ल्याईने बताउनु भएको छ । प्राविधिक शिक्षाको विकासको लागि अहिलेको सरकार लागिरहेको भन्दै उहाँले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षा स्थापना गरीने बताउनु भएको छ । निवृत्त शिक्षकहरुको भेलालाई सम्बोधन गर्नको लागी शनिवार धादिङ आउनु भएका मन्त्री पोख्रेल शनिवार नै काठमाण्डौँ फर्किनु भएको छ ।

प्रतिकृया लेख्नुहोस्: