आश्विन २० गते, २०८१ - १२ः३५
Follow us:

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको ३२ औँ साधारण सभा सम्पन्न


धादिङबेसी २५, फागुन ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको ३२ औँ बार्षिक साधारण सभा शनिवार रेडक्रसहलमा सम्पन्न भएको छ । धादिङ शाखाका सभापति सिताराम कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमकै अवसर पारेर कोरियन रेडक्रसको सहयोगमा निर्माण भएको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको छ । मन्त्री जमकट्टेलले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री जमकट्टेलले मानविय सेवामा काम गर्ने संस्था नेपाल सरकारको कानुन मानेर दर्ता हुनुपर्ने बताउनु भएको छ । वि.स. २०२० सालमा देखी विभिन्न कार्यगर्दै आईरहेको संस्थाले नेपालमा धेरै मानविय काम गरेको बताउनु भएको छ । कार्यक्रममा प्रदेश सभाका सांसद डा.रामकुमार अधिकारीको विषेश आतिथ्य रहेको थियो ।

बार्षिक साधारण सभामा नेपाल रेडक्रस सोसाईटी मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने,नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना,जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कविता वराम,नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी लगायत गैरसरकारी संघ संस्थाका प्रतिनिधि,सरोकारवाला निकायका प्रतिनिधि विभिन्न उपशाखाका सदस्यहरुको सहभागिता रहेको थियो । साधारण सभाको अवसर पारेर जिल्ला शाखाले एक बर्षको अवधिमा संस्थागत रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने संघ संस्थालाई सम्मान गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्: