भलिबलको फाईनल खेल आईतबार,एड्भान्स की मुक्रापदेवी ?
फाल्गुन २६ गते, २०७५ - ०३ः२९ मा प्रकाशित
धादिङबेसी २५, फागुन । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा जारी मावि स्तरीय भलिबल प्रतियोगिताको फाईनल खेल आईतबार हुदैँछ । विहान ११ बजेबाट सुरु हुने खेलमा दुईवटै टीम जितको खोजिमा निस्कने छन् । नीजि विद्यालय र सामुदायिक विद्यालय बिचको खेल रोमाञ्चक हुने छ ।फाईनल पुगेको एड्भान्स एकेडेमी र रुवीभ्याली गाउँपालिका स्थित बोराङमा रहेको मुक्रापदेवी मावि बिचको खेल प्रतिस्पर्धात्मक हुने छ ।
एड्भान्स एकेडेमी उच्च मनोबलका साथ मैदानमा उत्रने छ किनभने एड्भान्सलाई होम ग्राउण्डको फाईदा हुने छ ।साथै राम्रो कोचीङ पाएको छ । प्रतियोगितामा राम्रो टोलीलाई एड्भान्सले हराईसकेको छ ।त्यसैले पनि उपाधी एड्भान्सले आफ्नै घरमा राख्न सक्ने छ। साथै मुक्रापदेवी पनि जित्ने अभिलासाको साथ बेसी झरेको छ । ग्रामिण भेगमा राम्रो खेलेको कारण पनि जित्ने उदेश्यको साथ प्रतियोगितामा सहभागी भएको हो ।
फाईनल खेल आईतबार बिहान ११ बजेपछि सुरु हुने छ । खेल हेर्नको लागि आयोजकले अभिभावक र खेलप्रेमीलाई आग्रह गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.३० हजार सहित मेडल, प्रमाणपत्र र कप, द्धितिय हुने टिमलाई नगद रु १५ हजार सहित मेडल, प्रमाणपत्र र कप, यस्तै तृतिय हुने २ टिमलाई रु ५–५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।