गलत सामाजिक मान्यताको कारण महिलाअधिकार पाउनबाट बन्चित हुनुप¥र्योः खेम प्रसाद लोहनी
फाल्गुन २५ गते, २०७५ - ०४ः३९ मा प्रकाशित
धादिङबेसी २४, फागुन । गलत सामाजिक मान्यताको कारण नेपालमा महिला अधिकार पाउनबाट बन्चित हुनुपरेको प्रतिनीधि सभाका सदस्य खेम प्रसाद लोहनीले बताउनु भएको छ । समाजमा विद्यमान संस्कार र मान्यताको कारण अझै पनि महिला प्रति विभेद गरेको भन्दै उहाँले यस्ता गलत संस्कार हटाउनको लागि चेतनाको बिगुल फुक्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । १ सय ९ औ अन्तराष्ट्रि श्रमिक दिवसको अवसरमा नेकपाको कार्यालय धादिङबेसीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका लोहनीले महिलाहरुको हकहित प्रति चेतना फैलाउने काम कम्युष्टिले नै गरेको स्पष्ट पार्नुभयो । बर्षोदेखी पछाडी पारीएको महिलाहरुको हकहितको लागि अहिलेको सरकार प्रतिबद्ध रहेको भन्दै दुई भातृसंगठनको एकता समेत चाडै हुने बताउनुभयो । अहिलेको सरकार ईतिहासकै उत्कृष्ट रहेको भन्दै उहाँले सरकारले गरेको राम्रो कामको बारेमा प्रचार गर्न समेत आग्रह गर्नुभयो । अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ(क्रान्तिकारी) धादिङको संयुक्त आयोजनाम कार्यक्रम सम्पन्न भएको हो । अखिल नेपाल महिला संघ धादिङका अध्यक्ष उमा सिंखडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य डा.रामकुमार अधिकारीको विषेश आतिथ्य रहेको थियो ।
कार्यक्रमको विषेश अतिथी डा.रामकुमार अधिकारीले महिलाहरुको हकहितको लागि यो सरकार प्रतिबद्ध रहेको समेत बताउनु भएको छ । कार्यक्रममा गैसस महासंघका ३ नम्बर प्रदेश अध्यक्ष दामोदर अर्याल, नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापति सिताराम कोईराला,जिल्ला समन्वय समितिका उप संयोजक बिन्दा बराम विभिन्न गाउँपालिकाका उपाध्यक्षहरुको आतिथ्य रहेको थियो ।