आषाढ़ ११ गते, २०८३ - ००ः०३
Follow us:

एड्भान्स एकेडेमीमा भलिबल प्रतियोगिता सुरु, शुक्रबार समुह चरणको पाँच खेल सम्पन्न(फोटो फिचर)


धादिङबेसी २४ फागुन

धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । प्रतियोगिताको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बल हानेर उद्घाटन गर्नुभएको थियो ।अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरीएको प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको छ ।


शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको सुरु गरीएको हो । सन्चालक समितिका संयोजक अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयको प्रमुख आतिथ्य रहेको थियो । भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुदै प्रमुख जिल्ला अधिकरी पाण्डेयले नीजि विद्यालयले खेलकुदमा हासिल गरेको सफलताको प्रशंसा गर्नुभयो ।

विद्यार्थीहरुलाई किताबी ज्ञानको अलवा खेलकुदको गतिबीधिबाट पनि ज्ञान सिकाउन सकिने भन्दै उहाँले आफु पनि भलिबल खेलाडी रहेको समेत बताउनु भएको थियो ।शुक्रबार भएको पहिलो खेलमा मुक्रापदेवि माध्यमिक विद्यालय रुबीभ्याली गाउँपालिका ४ लापाले पशुपति माध्यामिक विद्यालय नीलकण्ठ नपा साँकोष र आयोजक एड्भान्स एकेडेमी बी लाई हराउँदै सेमीफाइनल प्रवेश गरेको छ ।
यस्तै शुक्रबार भएको अर्को खेलमा द राइजिङ भिलेज मावि गल्छी बैरेनी र धादिङबेसी स्थित चिल्ड्रेनपार्क मावि बीच भएको खेलमा द राईराजिङ भिलेज माविले जितेको छ । धादिङबेसीकै नीलकण्ठ उच्च माविले कालिका मावि धुषा बीच भएको खेलमा नीलकण्ठ उमाविले जितेको छ। एड्भान्स एकेडेमीे ए ले धादिङबेसी स्थित न्यू किवो बोर्डिङलाई हरायो । प्रतियोगितामा प्रथम, द्धितीय हुने बिधालयलाई क्रमश नगद रु. ३०,०००, १५,०००, र तृतीय हुने २ टिमलाई नगद ५,०००र५,०००, मेडल, प्रमाणपत्र र कप प्रदान गरीने छ । बाँकि खेलहरु २५ गते बिहाना ७ बजेबाट सुरु हुनेछ ।

प्रतिकृया लेख्नुहोस्: