आज १ सय ९ आँै अन्तराष्ट्रिय महिला दिवस धादिङमा विविध कार्यक्रमगरी मनाईदै
फाल्गुन २४ गते, २०७५ - १४ः२८ मा प्रकाशित
धादिङ २४, फागुन ।
आज अन्तराष्ट्रिय महिला दिवस धादिङमा विविध कार्यक्रम गरी मनाईदै छ । ८ मार्चमा नेपाल लगायत विश्वभरी विभिन्न जनचेतना मुलक कार्यक्रम गरी यो दिवस मनाईदै आईएको छ । धादिङमा पनि ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसर पारेर धादिङमा घरदैलो अभियान,दिप प्रज्ववलन तथा रक्तदान कार्यक्रम सम्पन्न भईसकेको छ । सन १७९२ मा मेरी विल्लिसटन काफ्टद्वारा लिखित ‘अ भेन्डिकेशन अफ द राईट अफ ओमन’ सम्बन्धी पुस्तकमा उल्लेखित विषयवस्तुले महिलाको अधिकार र लैङ्गिक समानताका लागि आधारशिला तयार गरेको देखिन्छ ।
महिला आन्दोलनको आधुनिक अभियान सन १९१० मार्च ८ तारिखबाट प्रारम्भ भएको मानी यस दिन चीन, ब्राजिल, डोमेनिकन गणतन्त्र, संयुक्त राज्य अमेरिकाका केही महिला मिलेर महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक असमानता हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए । सोही दिनको स्मरणमा प्रत्येक वर्ष मार्च ८ तारेखलाई अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो । त्यसपछि संयुक्त राष्ट्रसङ्घबाट महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्नेसम्बन्धी महासन्धि १९७९ जारी भएको र हालसम्म १८९ राष्ट्र यस महासन्धिको पक्ष राष्ट्र भएका छन् । यसैबीचमा चार वटा विश्व महिला सम्मेलन भइसकेको र १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनले लैङ्गिक विभेदका १२ वटा मुख्य सरोकारका क्षेत्र पहिचान गरेर सोही आधारमा नेपालको नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन भइरहेका छन । नेपालमा अझै श्रममा समान हुन सकेको छैन। लैंगिक हिंसा वा महिला हिंसाका घट्नाहरु नेपालमा भईरहेका छन् ।