चैत्र १२ गते, २०८१ - १६ः३३
Follow us:

महिला दिवसको अवसरमा महादेवबेशीमा ¥याली सहित बृहत सचेतना कार्यक्रम सम्पन्न


महादेववेशी २२ फागुन ।
धादिङको महादेबवेशीमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवससरमा लैगिङ बिभेद र लागुपदार्थ दुब्र्यसन बिरुद्ध नाटक प्रदर्शन तथा सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा विभिन्न सहयोगी संस्थाहरुले सहयोग गरेका थिए । महादेववेशीको माथिल्लो मोडबाट ¥याली समेत निकालिएको थियो । ¥यालीमा महिला माथि हुने हिंसा रोक्नुपर्ने भन्दै चर्को नाराबाजी समेत गरिएको थियो ।


अझै पनि महिलाहरुलाई विभिन्न बहानामा हिंसा गरीरहेको भन्दै त्यसेको खुलेर विरोध गर्न समेत आग्रह गरीएको थियो ।चन्द्र ज्योति एकिकृत ग्रामिण बिकास समाज सिड्स नेपाल धादिङ, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, ईलाका प्रहरी कार्यालय खानीखोला, मिलीजुली महिला बचत तथा ऋण सहकारी सँस्था लिमिटेड, उज्यालो भबिष्य महिला समुह र थाक्रे युवा समाज नेपालको सँयुतm आयोजनामा सहयोगी सँस्थाको रुपमा सँस्थागत बिकास सञ्जाल ललितपुर नेपाल र युएमएन धादिङ रहेका थिए ।
यसबर्षको नारा भने लैगिक समानताका लागी सोच र ब्यबहारः समृद्धिको आधार भन्ने रहेको छ । कार्यक्रममा नेकपाका नेता नेत्रराज पौड्यालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेत्रराज पौड्यालले महिला माहि हुने हिंसा न्युनीकरणको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
यसैगरी कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समीतका सदस्य उर्मिला रेग्मी, नेकपाका नेता दिपक लामीछाने,वडा अध्यक्ष रवि ओझा, सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती लगायतको आतिथ्य रहेको थियो । आजै सम्पन्न भएको बतृत्वकला प्रतियोगितामा थाक्रे गाउँपालिका अर्मखुकी सुजता पौडेल प्रथम हुनुभएको छ । थाक्रे गाउँपालिका केवलपुरकी मन्दिरा सुवेदी द्धितीय हुनुभएको थियो । प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने सहभागीहरुलाई नगद २ हजार, १ हजार ५ सय र १ हजार र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिक कलाकारहरुले आआफ्नो प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया लेख्नुहोस्: