एड्भान्स एकेडेमीमा खुल्ला छात्र भलिवल प्रतियोगिता हुदै
फाल्गुन २२ गते, २०७५ - १३ः४६ मा प्रकाशित
धादिङबेसी २२,फागुन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा धादिङबेसीमा मावि स्तरीयय खुल्ला छात्र भलिबल प्रतियोगिता हुने भएको छ । धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा सहभागिताको लागि जिल्लाका मावि विद्यालयलाई निमन्त्रण गरीएको एड्भान्स एकेडेमीका प्रिन्सीपल गोविन्द बुढाथोकीले बताउनुभयो । विद्यालयको बार्षिक कार्यक्रम अन्तरगत भलिवल प्रतियोगिताको आयोजना गरीएको हो ।
विद्यालयको वार्षिक क्यालेण्डर अनुसार एड्भान्स एकेडेमीले नगद पुरस्कार सहित फागुन २४ देखि २६ गते सम्म खुल्ला छात्र भलिबल प्रतियोगिताको आयोजना गरेको हो । एड्भान्स एकेडमीको प्राङ्गणमा हुने प्रतियोगितामा सहभागि हुनको लागि आयोजक विद्यालयले सम्पुर्ण विद्यालयलाई आह्वान गरेको छ ।
प्रतियोगितामा सहभागि हुनको लागि टिम दर्ताको लागि मौखिक सम्पर्क गरेरपनि गर्न सकिने प्रिन्सीपल बुढाथोकीले बताउनुभयो । प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने टिमलाई क्रमश नगद ३० हजार,१५ हजार र ५ हजार,शिल्ड,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीने छ ।