जेष्ठ १७ गते, २०८३ - ०२ः२०
Follow us:

तनाबपूर्ण खेलमा युभेन्टसको जीत


काठमाडौं २० फागुन ।

लिग लिडर युभेन्टसले इटालियन सिरी ए फुटबलमा लिगको दोस्रो स्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ ।आइतबार राति भएको खेलमा युभेन्टसले उसैको मैदानमा नेपोलीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । यो जितसँगै युभेन्टसको उपाधि यात्रा सहज पनि बनेको छ ।

युभेन्टसको जितमा मिरलेम जानिक र इमरे केनले गोल गरेका थिए । यता, नेपोलीका लागि जोसे कालेजोनले गोल फर्काएका थिए ।खेलको २५औं मिनेटमा नै नेपोलीका गोलकिपरले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । उनले युभेन्टसका क्रिष्टियानो रोनाल्डो र जानिकलाई फल गरेका थिए ।

खेलको २८औं मिनेटमा जानिकले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटम केनले गोल गर्दै युभेन्टसलाई २-० गोलको अग्रता दिलाएका थिए ।पहिलो हाफ २-० गोलको अग्रता कायम गरेको युभेन्टसले दोस्रो हाफको सुरुवातमै गोलकर्ता जानिकलाई गुमाएको थियो । खेलको ४७औं मिनेटमा जानिकले दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि युभेन्टसपनि १० खेलाडीमा सिमित भएको थियो ।

६१औं मिनेटमा कालेजोनले गोल गर्दै नेपोलीलाई २-१ गोलको अवस्थामा पुर्‍याएपनि युभेन्टसलाई रोक्न भने सकेनन् ।जीतसँगै शीर्ष स्थानमा रहेको युभेन्टसको २६ खेलबाट ७२ अंक भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपोलीको समान खेलबाट ५६ अंक मात्रै छ ।

152SHARES

प्रतिकृया लेख्नुहोस्: