भाद्र २ गते, २०८३ - १३ः३६
Follow us:

धादिङसहित पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना

धादिङ २०,फागुन।

सोमबार धादिङ सहित काठमाण्डौ उपत्यकाकोे मौसम आंशिकदेखि सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो केही पहाडी भेगमा भने मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जाकारी दिनुभयो । मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभाव कमजोर भएकाले ठूलो पानी वा हिमपात पर्ने सम्भावना भने देखिएको छैन ।

फोटोःगुगल

बुधबारदेखि फेरि अर्को नयाँ मौसमी प्रणाली भित्रिने हुनाले मौसम बदली भई पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उज्यालो अनलाईनबाट ।

प्रतिकृया लेख्नुहोस्: