भाद्र १० गते, २०८३ - १२ः४७
Follow us:

मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा धादिङ बोर्डिङ प्रथम


धादिङ १९, फागुन ।
धादिङबेसीमा आईतबार सम्पन्न भएको माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा धादिङ बोर्डिङ स्कुल प्रथम भएको छ ।गणित शिक्षा परिषद धादिङको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा २० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । गणित विषयलाई दैनीकी सँग जोड्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा न्युकिबो बोडिङ स्कुल द्धितीय र सुनगाभा एकेडेमी तृतीय भएका छन् । यसैगरी ब्राईट फ्चुर बोडिङ मलेखु,पञ्चकन्या मावि खाल्टे र द राइजिङ भिलेज स्कुल बैरैनीले सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम,द्धितीय,तृतीय र सान्त्वनालाई क्रमश ५ हजार,३ हजार २ हजार र १ हजार शिल्ड,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको थियो ।
गणित शिक्षा परिषदका बद्री प्रसाद कोईरालाको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा गणित शिक्षा परिषदका केन्द्रिय महासचिव रमेश प्रसाद वस्तीको प्रमुख आतिथ्य रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: