जिल्ला स्तरीय भलिबल प्रतियोगिताको लागि टिम दर्ता गर्नेबारे सूचना
फाल्गुन २० गते, २०७५ - ०२ः४१ मा प्रकाशित
श्रीमान् प्रधानाध्यापक ज्यू, सबै माध्यमिक विद्यालय धादिङ
महोदय,
उपर्युक्त सम्बन्धमा हाम्रो यस एड्भान्स एकेडेमी नीलकण्ठ न.पा ३ पुच्छार बजार धादिङबेसीले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा माध्यमिक विद्यालय तहको जिल्ला स्तरीय खुल्ला छात्र भलिबल प्रतियोगिता–२०७५ आयोजना तपशीलको मिति, समय र स्थानमा गर्न लागिएको हुँदा यसै सूचनालाई आधार मानी त्यस विद्यालयबाट सहभागि पठाइ दिनुहुन विनम्र अनुरोध गर्दछु । कार्यक्रम १. मैत्रीपूर्ण छात्रा भलिबल उद्घाटन २०७५/११/२४ गते २. टिम दर्ता / मौखिक / फोनबाट २०७५/११/२३ गते दिउँसो ३ः०० बजेसम्म । आधिकारिक पत्र २०७५/११/२४ गते १०ः०० बजे ३. खेलाडी संख्या: ९ जना समावेस हुनेछन् साथै खेल संयोजक शिक्षक अनिवार्य उपस्थित हुनुपर्नेछ । ४. छात्र भलिबल खेल शुरु २०७५/११/२४ ५. पुरस्कार प्रथम: मेडल, प्रमाणपत्र, कप र नगद रु. ३०,०००।– द्धितीय: मेडल, प्रमाणपत्र, कप र नगद रु १५,००० ।– तृतीय: दुई टिम मेडल, प्रमाणपत्र, नगद ५,०००।– / नगद ५,०००।– ६. विद्यालयको लेटर प्याडमा प्रधानाध्यापकले प्रमाणित गरेको खेलाडी विरण सहितको पत्र अनिवार्य छ । ७. खेलाडीको खाना , खाजा र आवास विद्यालय स्वयंले व्यवस्थापन गर्नुपर्ने छ । ८. फाइनल खेल २०७५/११/२६ गते गरिनेछ । ९. सहभागि विद्यालय सबैलाई मिकाशा भलिबल उपलब्ध गराइनेछ । १० टिम दर्ता शुल्क रु.२,०००।– लाग्नेछ ।
सम्पर्क नंं.: १ अर्जुन कुमार श्रेष्ठ: ९८५१०८१७५१ २. गोविन्द बुढाथोकी: ९८४१५१३५६९ ३. अमृत तमाङ: ९८५११३२६७८ ४. उत्तम भट्ट: ९८४९८६२०६८