धादिङ उद्योग वाणिज्य संघले पूर्णता पायो, उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा डल्लाकोटी
फाल्गुन १९ गते, २०७५ - १७ः५९ मा प्रकाशित
धादिङ, १९ फागुन । धादिङ उद्योग वाणिज्य संघको पदाधिकारीलाई पूर्णता दिइएको छ । माघ महिनाको अन्तिम साता सम्पन्न ९ औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित रुद्रबहादुर खत्री रामशरणले सहमतिका आधारमा कार्यसमितिको पदाधिकारी चयन गरेका हुन् ।
फाइल फोटो
खत्रीको अध्यक्षतामा शनिबार बसेको निर्वाचित सदस्यहरुको बैठकले सर्वसहमतिका आधारमा पदाधिकारी चयन गरेको हो । बैठकले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी राजकुमार श्रेष्ठलाई दिएको छ । त्यसैगरी, उद्योग उपाध्यक्षमा राजाराम सिलवाल, महिला उपाध्यक्षमा विष्णु श्रेष्ठ, वाणिज्यतर्फको उपाध्यक्षमा रामकुमार शाहलाई जिम्मेवारी दिएको छ भने महासचिवमा लोकनाथ डल्लाकोटीले जिम्मेवारी पाएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा रामकुमार डल्लाकोटी र सचिवद्वयमा राजेश अधिकारी र निर्पेश न्यौपाने जिम्मेवारी पाएका छन् ।