सवारी साधनको अगाडी सिसामा राखेको सामान हटाउँदै धादिङ प्रहरी
फाल्गुन १९ गते, २०७५ - ०३ः११ मा प्रकाशित
गजुरी १८ फागुन । पृथ्वीराजमार्गमा हुने दुर्घटना रोक्नको लागि धादिङ प्रहरीले विभिन्न अभियान सन्चालन गर्दै आईरहेको छ । प्रहरीले शनिवार सवारी साधनको अगाडी सिसामा राखिएको झल्लर, माला, स्टिकरहरु हटाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
शनिवार प्रहरीले राजमार्गमा चेकचाँज गरेर अगाडी भागमा राखीएको विभिन्न सामाग्री हटाईएको हो । शनिवार पृथ्वी लोकमार्गको विभिन्न स्थानहरुमा ८९ वटा सवारी साधनको अगाडीको सिसामा लगाएको झल्लर, माला, स्टिकरहरु निकालिएको । सवारी चालकले अगाडी भागमा विभिन्न अनावश्यक बस्तुहरु राख्दा अगाडीबाट आईरहेको सवारी साधनलाई प्रष्ट सँग देख्न नसक्ने हुँदा यस्ता बस्तु हटाइएको हो ।