धादिङको ताल्तीमा नेपालकै ठूलो ह्वासीन सिमेन्ट उद्योगको शिल्यान्यास
फाल्गुन १८ गते, २०७५ - ०३ः३४ मा प्रकाशित
बेनिघाट १७,धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा शुक्रबार नेपालकै ठुलो सिमेन्ट उद्योगको शिल्यान्यास गरीएको छ ।चीनया पक्षको ८० प्रतिशत लगानीमा निर्माण हुने उक्त सिमेन्ट उद्योगको शुक्रबार संघीय संसदका सभामुख कृष्ण बहादुर महराले उद्घाटन गर्नुभएको छ । हेलिकप्टरबाट उद्योग शिलान्यास गर्न ताल्ती आउनु भएका महराले सरकारको सम्मृद नेपाल र सुखी नेपालीको सपना पुरा गर्न यस्तो उद्योग खोल्नुको विकल्प नरहेको धारणा राख्नुभयो । नेपाल प्राकृतिक सम्पदाले भरिपुर्ण भएको भन्दै महराले प्राकृतिक स्रोत,साधन र सिपको अधिकतम प्रयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल प्राकृतिक स्रोत र साधनले भरिपुर्ण भएको भन्दै महराले त्यसको सहि सदुपयोग गर्न सके सुखी नेपाली र सम्मृद्ध नेपालको नारा पुराहुने बताउनु भएको छ । धादिङमा निर्माण हुन लागेको ह्वासिन सिमेन्ट नेपालकै प्रतिष्ठा र पहिचानको विषय भएको भन्दै उहाँले निर्माणको काम यथासक्य चाडो सम्पन्न गर्नको लागि आग्रह गर्नुभएको छ । वातावरणीय पर्यावरणमा कुनै असर नगर्ने गरी काम गर्नको लागि निर्माण पक्षलाई आग्रह गर्नुभयो ।चीन सरकारले अघि सारेको वान बेल्ट,वान रोड कार्यक्रम अन्तरगत चीन सरकारको ८० प्रतिशत लगानीमा ताल्तीमा नेपालकै अत्याधुनिक तथा ठुलो उद्योग निर्माण हुन लागेको हो ।
४सय रोपनी क्षेत्रफलम निर्माण हुन लागेको सिमेन्ट उच्चप्रविधिबाट बन्ने नेपालको पहिलो सिमेन्ट उद्योग हुने कम्पनीले दावी गरेको छ । कार्यक्रममा प्रतिनीधि सभा सदस्य खेम प्रसाद लोहनी, भुमि प्रसाद त्रिपाठी, प्रदेश नम्बर ३ का कानुन मन्त्री शालिकराम जम्कट्टेल,पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डे, लगानी बोर्डका सिईओ माहा प्रसाद अधिकारी,उद्योगपती सुरज बैद्य,नेकपा जिल्ला नेता बिजयी बुर्लाकोटी,नेपाली काँग्रेसका सभापति रमेश धमला लगायतको आतिथ्य रहेको थियो ।