मेलाको उद्घाटन गर्न पूर्व राष्ट्रपति यादव धादिङ आउने
फाल्गुन १५ गते, २०७५ - १८ः०४ मा प्रकाशित
धादिङबेसी १५,धादिङ । भोली बिहिबारबाट धादिङबेसीमा हुने धादिङ पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन पुर्व राष्ट्रपति रामवरण यादवले गर्नेकार्यक्रम रहेको छ । मेलाको उद्घाटन गर्न पुर्व राष्ट्रपति यावद हेलिकोप्टरबाट मेला स्थल आउने आयोजकले जानकारी दिएको छ । जिल्ला होटल संघ धादिङको आयोजनामा हुने मेला फागुन २६ गते सम्म सन्चालान हुने छ । मेलाको तयारी अन्तिम चरणमा पुगेको संयोजक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा २ सय भन्दा बढी स्टल रहेको आयोजकले जानकारी दिएको छ ।
मेलाको आकर्षणका रुपमा जातीय तथा सांस्कृतिक खानाका परिकाहरु,जिल्लाको १३ वटै स्थानिय तहका विशेष खानाका स्टलहरु,स्थानिय,राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक बस्तुहरुको प्रर्दशनी तथा विक्रि,हस्तकला तथा विभिन्न घरेलु सामग्रीको प्रर्दशनी तथा विक्रि वितरण ,विविध साँस्कृतिक प्रर्दशनी तथा प्रतिस्पर्धाहरु,राष्ट्रिय स्थानीय कला,सांस्कृतिकको प्रर्दशनी,रमाईलो मेला÷वाल उद्यान,जिल्ला स्तरीय लोक दोहोरी,नृत्य प्रस्तुती,पर्यटन प्रबद्र्धन सम्बन्धी विविध कार्यक्रमहरु रहने आयोजकले जानकारी दिएको छ ।
एकलाख दर्शकले अवलोकन उक्त मेलाबाट ७ करोड भन्दा बढी कारोबार हुने आयोजकले लक्ष्य लिएको छ । मेला अबलेकनको लागि टिकको दर ७० तोकिएको छ । विद्यार्थी,अपाङग तथा जेष्ठ नागरिकहरुलाई भने ५० रुपैयाँ टिकट दर तोकिएको छ । मेलामा दैनिक राष्ट्रिय तथा हास्व्यंग कलाकारको प्रस्तुतीहरु रहने छ ।