चैत्र १२ गते, २०८१ - १६ः३६
Follow us:

पार्टी प्रवेश गर्ने मान्छे नपाएपछि रसुवा पुगेका कांग्रेस शीर्ष नेताको टोली निराश भएर फर्कियो


रसुवा १३ फागुन । 

नयाँ शक्ति पार्टीका सांसदसहितका नेता नेपाली कांग्रेसमा भित्राउन शीर्षा नेताको लस्कार लगाएर रसुवा पुगेका सभापति शेरबहादुर देउवा सोमबार रित्तोहात फर्किएका छन । नयाँ शक्ति पार्टीका सांसद प्रेम तामाङसहितका नेता कांग्रेसमा बिलय गराउने प्रयास भएको थियो । तर नयाँ शक्तिका नेताहरू नै नआएपछि कांग्रेस नेताहरू जिल्लिएका छन । पार्टी परित्या गरेपछि सांसद पद नै चट हुने भएपछि प्रेम तामाङ कार्यक्रममा नै नआइ भागेका थिए ।

नेपाली कांग्रेसले यसअघि सांसद तामाङ र गाउँपालिका अध्यक्षसहित रसुवाको नयाँ शक्तिको सिंगो जिल्ला कमिटी विलय गराउने प्रचार गरेको थियो । सांसदनै कांग्रेसमा आउने भनेपछि शीर्ष नेताहरू लस्कर लगाएर रसुवा पुगेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता गगन थापा लगायतका नेताहरू सांसद नै चोर्न पाउने भएपछि उत्साहित भएर सोमबार रसुवा पुगेका हुन ।

तर सांसद मोहन आचार्यले पैसाले राजनीतिक कार्यकर्ता किन्न गरेको प्रयास अन्ततः बालुवामा पानी हाले सरह भएको छ । यतिसम्मकी नयाँ शक्तिको एउटा सामान्य कार्यकर्ता पनि कांग्रेसको टीका लगाउन तयार नभएपछि उनीहरूले कार्यक्रमको स्वरूपनै बदलेर भाषण गरेर फर्किन बाध्य भए । निर्वाचनमा करोडौँ रकम खर्च गरेका आचार्यले रसुवामा केही पकड भएको नयाँ शक्तिलाइ कांग्रेसकै बनाउने प्रयत्न गरेकोमा केन्द्रीय नेतृत्वले साथ दिएको थियो तर फिल्डमा पार्टी प्रवेश गराउने कार्यकर्ता नपाएपछि भने कांग्रेस नेताहरू स्तब्ध भएका छन।स्रोत ःदैनिकी डट कमबाट

प्रतिकृया लेख्नुहोस्: