घरको जग खन्ने क्रममा ढुङ्गा खसेर लाग्दा एक जना गम्भिर घाईते
फाल्गुन १४ गते, २०७५ - ०१ः५९ मा प्रकाशित
नेत्रावती १३,फागुन । धादिङको नेत्रावती गाउँपालिका वडा नम्बर १ लामीडाँडामा आज ढुङ्गाले लागि एक जना गम्भिर घाइते भएका छन् । हस्त बहादुर तामाङको निर्माणधिन घरको जग खनेको खाल्डो भित्र काम गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा ५५ बर्षका कालु तामाङ गम्भिर घाइते भएका हुन् । गम्भिर घाइते भएका तामाङको काठमाडौँको वीर अस्पतालमा उपचार भईरहेको छ ।