विशालटारमा बलिदान दिवस तथा सम्मान कार्यक्रम सम्पन्न
फाल्गुन १२ गते, २०७५ - ०४ः१६ मा प्रकाशित
११ फागुन, धादिङ ।
धादिङको वेनिघाट रोराङ गाउँ पालिका विशालटारमा१५ औँ मजदुर बलिदान दिवस तथा सम्मान कार्यक्रम शनिवार सम्पनन भएको छ । साथै बेनिघाट रोराङ गाउँ पालिका स्तरीय प्रथम अन्तर माध्यमिक विद्यालय स्तरीय मजदुर सहिद स्मृती कप रनिङ शिल्ड प्रतियोगिता पनि आजैबाट सुरु भएको छ ।वेनिघाट रोराङ गाउँ पालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटीको सभापतित्वमा सम्पनन भएको कार्यक्रममा प्रतिनिधि सभा सांसद भूमि त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो भने अखिल नेपाल टे«ड युनियन महासंघका उपाध्यक्ष सोम बहादुर थापा, प्रदेश सांसद एवं अखिल नेपाल टे«ड युनियन महासंघका महासचिव जगत सिंखडाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघका सचिवालय सदस्यहरु भरत दाहाल, शिव पोखरेल, जिल्ला अध्यक्ष बद्री प्रसाद सुवेदी, सचिव सञ्जय देवकोटा, एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका सचिवालय सदस्य तिलक चेपाङ लगायतको आतिथ्यता रहेको थियो ।जनयुद्ध काल २०५९ साल फागुन ११ गते आजैका दिन कालिकोटको कोटवाडा विमानस्थल निर्माणकार्यमा खटिएका २९ जना मजदुरहरुलाई तत्कालिन शाही नेपाली सेनाले गोली हानी हत्या गरेको सम्झनामा अखिल नेपाल टे«ड युनियन महासंघले हरेक वर्ष शहिद परिवार सम्मान गर्दै आएको छ । उक्त घटनामा धादिङ जिल्लाका वेनिघाट रोराङ गाउँ पालिकाका १७ जना मजदुरहरुको हत्या गरिएको थियो ।