मंसिर १२ गते, २०८३ - ००ः३१
Follow us:

अबैध रुपमा सन्चालनमा रहेको ज्वालामुखीको ६ वटा फिरफिरे प्रहरीद्वारा बन्द

११ फागुन धादिङ ।
अबैध रुपमा सन्चालनमा रहेको बालुवा प्रशोधन उद्योगहरु शनिवार प्रहरीले बन्द गराएको छ । नियमविपरीत बालुवा प्रशोधन केन्द्र सन्चालन गरेको भन्दै प्रहरीले केहि उपकरणहरु जफत गरेको छ । उद्योग वाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाण्डौ र घरेलु तथा साना उद्योग विकास समितिले सन्चालन गरेको अनुगमको क्रममा ज्वालामुखी गाउँपालिका भित्र सन्चालन रहेको विभिन्न ६ वटा बालुवा प्रशोधन केन्द्र बन्द गराएको हो । बालुवा प्रशोधन उद्योगहरुमा उद्योग सन्चालन गर्नुपुर्व लिनुपर्ने ईजाजत पत्र बिनै उद्योग सन्चालन गरेको भन्दै प्रहरीले तार र मोटरहरु जफत गरेको हो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड(ट) बमोजिम कसुर गरेको पाईएकोले सोहि ऐनको दफा ३९ को उपदफा १ को खण्ड घ बमोजिम नगद रु ५० हजार जरिवाना गरिएकोमा पटक पटक जानकारी गराउदा पनि आनाकारी गरेकोले आज उद्योग नै बन्द गराउन परेको अनुगमनकर्ताले बताएका छन् ।
बन्द भएका उद्योगहरु निम्न प्रकारका छन् ।
श्री जे एण्ड जे कन्स्ट्रकसन‚ ज्वालामुखी ५
फिरफिरे २ वटा भएको मध्ये १ मात्र चालु उक्त स्थानबाट ल्याईएको सामानः( फिरफिरेमा राख्ने मोटर १ थान,ठुलो र तार‚ उक्त फिरफिरेमा जोडिएको तार काटिएको ।
 श्री धादिङ ट्रेड एण्ड कन्स्ट्रकसन कम्पनी‚ ज्वालामुखी ५
फिरफिरे २ वटा दुवै चालु‚ उक्त स्थानबाट ल्याईएको सामानः( फिरफिरेमा राख्ने मोटर थान( २‚ उक्त फिरफिरेमा जोडिएको तार काटिएको ।
 श्री बालदेवी सप्लायर्स एण्ड स्याण्ड प्रोसेसिङ प्लाण्ट‚ ज्वालामुखी ५
फिरफिरे २ वटा दुवै चालु‚ उक्त स्थानबाट ल्याईएको सामानः( नदीबाट पानी तान्ने ठुलो मोटर थान( १ र पाईप सहितको तार २० मिटर‚ उक्त फिरफिरेमा जोडिएको तार काटिएको ।
श्री ईच्छासिद्धी सप्लायार्स‚ ज्वालामुखी ७
२ वटा फिरफिरे रहेको मध्ये १ मात्र चालु‚ ल्याईएको सामानः( फिरफिरेमा राख्ने मोटर थान(१‚ उक्त फिरफिरेमा जोडिएको तार काटिएको ।
 न्यू ज्वालामुखी सप्लायर्स‚ ज्वालामुखी ५
उक्त सप्लायर्समा १ वटा मात्र फिरफिरे रहेको उक्त फिरफिरेमा रहेको मोटर‚ आधुनिक टाईपको भएकोले निकाल्न नसकिएको‚ हाल चालु नरहेको पाईएको‚ उक्त फिरफिरेमा जोडिएको तार काटिएको ।
 श्री ढोला मण्डली सप्लायर्स‚ ज्वालामुखी ५
२ वटा फिरफिरे रहेकोमा दुवै विगत ५र६ महिना देखि बन्द रहेका ।

प्रतिकृया लेख्नुहोस्: