आश्विन ६ गते, २०८३ - २०ः२५
Follow us:

‘प्रहरीसँग एक दिन’ अभियान लिएर आयो धादिङ प्रहरी

 

११ फागुन,धादिङ ।
धादिङ प्रहरीले जनतासँग प्रतक्ष्य सहाभागि भएर समाजमा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । समाजमा हुने अपराध न्युनीकरण गर्ने उद्देश्यले सन्चालन गरीएको यस्तो प्रभावकारी बन्दै गईरहेको छ ।प्रहरी मेरो साथि,प्रहरी सँग एक मिनेट लगायतका अभियान धादिङ प्रहरीले सन्चालन गरिसकेको छ । यसैक्रममा अहिले प्रहरी सँग एकदिन भन्ने अभियान सुरु गरीएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख राजकुमार बैदवारले बताउनुभयो ।

सोहि कार्यक्रम अन्तरगत शुक्रबार नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कार्यलयमै बोलाएर यसबारे जानकारी गराएको हो । विद्यालयमा अध्ययनरत १ सय ४५ जना विद्यार्थीहरुलाई प्रहरी कार्यलयबाट प्रवाह गरिने सेवाव प्रवाहको बारेमा जानकारी गराईएको हो । कार्यालयमा रहेको प्रहरी कन्ट्रोल, प्रशासन शाखा, विशेष शाखा, महिला तथा बालबालिका सेवा केन्द्र, नागरीक सहायता कक्ष, सामुदाय–प्रहरी साझेदारी शाखा व्यारेक, मेश लगायतका विभिन्न शाखाहरूको भ्रमण तथा अवलोकन गराई विभिन्न शाखाहरुबाट गरिने काम कारबाहीको बारेमा जानकारी गराईएको हो ।
जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख राजकुमार बैदवार,प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट, प्रहरी निरीक्षक भोलामा सिंह अधिकारीले विद्यार्थीहरुलाई प्रहरीले गर्ने कामबो विषयमा जानकारी गराउनु भएको थियो ।समाजमा घट्ने विभिन्न अपराध तथा हुन सक्ने सम्भावित क्षति र सो न्यूनिकरणमा नागरिक‚ शिक्षक‚ विद्यार्थी र प्रहरीको समन्वयात्मक भुमिका विषयमा जानकारी गराईएको थियो ।

प्रतिकृया लेख्नुहोस्: