बैशाख २७ गते, २०८३ - २२ः५६
Follow us:

सिद्धलेक गाउँपालिकाको प्रशंसनीय कामः छनकुमारीको उपचारको लागि ५० हजार

 

१० फागुन,धादिङ ।
आगोले जलेर घाईते भएकी सिद्धलेक गाउँपालिका वडा नम्बर २ चितीगाउँकी छन्कुमारीले उपचारको लागि गाउँपालिकाले ५० हजार दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँसभाले छन्कुमारीको उपचारको लागि ५० हजार दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिनुभयो ।
बिहिबार घरमा खाना तताउने क्रममा शरिर जलेर घाईते भएकी छनकुमारीको अहिले किर्तीपुरको एक अस्पतालमा उपचार भईरहेको छ । आर्थिक रुपमा विपन्न रहेकी श्रेष्ठको उपचारको लागि ५० हजार दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिनुभयो ।बिहिबार दिउँसो बच्चालाई खाना तताएर खुवाउने क्रममा २७ बर्षिय छनकुमारी जलेर घाईते भएकी थिईन् ।

सुस्त मनस्थितिकी २७ बर्षिय छनकुमारी श्रेष्ठका श्रीमान समेत अपाङ रहेका छन्। गाउँपालिकाका अध्यक्ष सिलवालले व्यक्तिगत रुपमा नगद ९ हजार दिनुभएको छ भने उहाँले सामाजिक सञ्जालमार्फत उपचारको सहयोग गर्नको लागि आग्रह गर्नुभएको छ ।

प्रतिकृया लेख्नुहोस्: