धादिङमा फागुन १९ गते मावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता
फाल्गुन ११ गते, २०७५ - ०३ः५२ मा प्रकाशित
१० फागुन,धादिङ ।
धादिङबेसीमा यहि फागुन १९ गते मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । गणित विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने र यसको महत्व दर्शाउने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरीएको आयोजकले जानकारी दिएको छ ।गणित शिक्षा परिषद जिल्ला शाखा कार्यलय धादिङको आयोजनामा हुने प्रतियोगिताको तयारी तिव्र पारीएको छ । प्रतियोगितामा सहभागि हुनको लागि जिल्लाका मावि विद्यालयलाई पत्राचार गरीसकेको संस्थाको सचिव उत्तम भट्टले जानकारी दिनुभयो ।कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यालको तर्फबाट तिन तिन जना सहभागि हुन पाउनेछन् ।सहभागि विद्यालयलाई छनौट चरणमा उत्कृष्ट अंक ल्याउने विद्यालयले मात्र प्रतियोगितामा सहभागि जनाउन पाउनेछन् । प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमश नगद ५ हजार,३ हजार,२ हजार १ हजार र शिल्ड,मेडल र प्रमाणपत्र पाउने छन् ।