श्रावण १२ गते, २०८३ - २१ः१०
Follow us:

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जनचेतना फैलाउँदै धादिङ प्रहरी

१० धादिङ,फागुन ।
धादिङ प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अहिले जनचेतना फैलाउने काम गरीरहेको छ। बिहिबार धादिङ प्रहरीले नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा लैङगिक हिंसा न्यूनिकरण सम्बन्धी प्रशिक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
समाजमा हुने अपराध,गुण्डागर्दी, विकृति, विसंगती, लैगिक हिंसा न्यूनिकरण, अवैध मादक पदार्थ उत्पादन विक्रि वितरण रोकथाम न्यूनिकरण सम्बन्धमा अन्तक्र्रियात्मक कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राज कुमार बैदवार,वडाध्यक्ष, स्वास्थ्यकर्मी, स्थानीयबासी,जनप्रतिनीधिहरु, आमा समुहका प्रतिनीधिहरु र स्थानीय भद्रभलादमीहरु उपस्थिति रहेका थियोे ।
भैरवी माध्यमिक विधालय सुनौलाबजारमा बालबिवाह बिरुद्ध अभिमुखीकरण, लागू औषध दुव्र्यसन, विद्युतिय अपराध, यौन अपराध रोकथामका वारेमा चेतनामुलक जानकारी गराईएको सुचना अधिकारी प्रताप बिष्टले बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्: