१० फागुन, धादिङ ।
घरमा लुकाइ राखेको ३१ किलोग्राम लागुऔषध गाँजा सहित प्रहरीले धादिङको बैरेनीबाट एक जना महिलालाई प्रक्राऊ गरेको छ ।गल्छि गाउँपालिका वडा नम्बर ६ मा होटल व्यावसाय गर्दै आउनु भएको बिन्दा पाण्डेलाई प्रहरीले प्रक्राउ गरेको हो । गाउँबाट बिक्रि गर्नको लागि गाँजा ल्याई राखेको भन्ने सुराकीको आधारमा प्रहरीले प्रक्राउ गरेको हो । प्रहरीले प्रक्राउ परेकी बिन्दा पाण्डेलाई थप अनुसन्धानको लागि धादिङबेसी ल्याएको छ । उनीलाई लागुऔषध ओसापोसार सम्बन्धी अन्तरगत मुद्धा चलाएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।