वर्तमान सरकारप्रति जनताहरुमा निराशा बढ्योः नेता काप्री
फाल्गुन ८ गते, २०७५ - १८ः०९ मा प्रकाशित
८ धादिङ फागुन ।
धादिङबेशीमा मेडिकल राखेर सेवा प्रवाह गर्दै आईरहनुभएका नन्द प्रसाद काप्री अहिले नयाँ शक्ति पार्टी नेपालमा रहेर राजनीति गरिरहनुभएको छ । विगत लामो समय देखी धादिङमा राजनीति गर्नुभएका नेता काप्री स्पष्ट बक्क्ता रुपमा स्थापित हुनुहुन्छ । नयाँ शक्ति पार्टी नेपालको जनसम्वाद अभियानमा संक्रिय उनै काप्री सँग धादिङ डट कमले गरेको कुराकानी ः नयाँ शक्ति पार्टी नेपालको आवश्यकता किन ?
आम नागरीकको एउटै भनाई के छ भने डाक्टर बाबुराम भट्टराई दुरदर्शी चिन्तक हुन दुरदर्शी नेता हुन उहाँको आवश्यक अब नेपालमा डाक्टर बाबुराम भट्टराईको विकल्पमा अरुहुन सक्दैन । त्यसकारण पुर्वप्रधानमन्त्री एउटा राष्ट्रिय–अन्तराष्ट्रिय क्षेत्रमा छबी बनाएका नेता र जसले नेपालको विकास कसरी सम्भव छ भन्ने कुरा आफुले प्रत्यक्ष आम नागरिक सङग भेटेर यो कुरा गर्नु भाको छ । देशको विकास गर्नको लागि नयाँ शक्ति पार्टीको विकल्प नै छैन ।अहिलेको राजनीतिक दलहरु व्यक्तिगत स्वार्थमा लागेका छन् । देशमा अराजतकता,भ्रष्टचार,दण्डहिनता बढेको छ । अहिलेको सरकार जनताको काम गर्न भन्दा पनि भाषणमा बढी गर्ने गरेको छ। त्यसैले अबको विकास नयाँ शक्ति पार्टी नेपाल बिना सम्भवन छैन,किनभने देशको विकास गर्ने नेता अर्थात भिजन भएको नेता भनेको डा.बाबुराम भट्टराई नै हो । असल राजनीति र समावेशीको लागी जनसंवाद भन्ने अभियानको उदेश्य के हो ?
यसको उद्धेश्य भनेको के हो भने नेपाल ऐतिहासिक कालदेखी आजसम्म आईपुग्दा नेपालमा एउटा एकीकरण युगको अन्त्य भयो । प्रजातान्त्रिक अधिकार युगको पनि अन्त्य भयो र हामीले अहिले सबैले भन्ने गरेको राजनीतिक संक्रमणकाल पनि पुरा भयो अब आर्थिक सम्बृद्धिको लागी काम गर्नुपर्छ भन्ने छ यो विचमा धेरै पहिलेको कुरा नगरौँ २०६२÷६३ को आन्दोलन पछि १७ जना प्रधानमन्त्रीहरु फेरीए १७ जना प्रधानमन्त्रीहरु फेरीनै रहँदा खेरी आम नागरीकले अपेक्षा गरेअनुरुपको सम्बृद्धि र विकास हुन सकेन आम नेतत्ृवले के काम ग¥र्यो भनेर हेर्दाखेरी सबै नेतृत्वकर्मीहरु चाँहि भ्रष्टीकरणमा लागे वास्तवमा यो आसेपासे पँुजीवादबाट आफ्ना भनौउदाहरु काम गर्ने आफ्ना भनौउदाहरुलाई नजिक बनाउने र आम नागरीकका कुरालाई त्यति चासो नदिने कार्यले यो वास्तवमा राजनितिक भ्रष्टिकरण हो । यसले मुलुकलाई सहि निकास दिँदैन भनेर यो असल राजनितिको खोजी हो यो एउटा सिकाई हो । यसले प्रत्यक्ष रुपमा जनताको भावना बुझ्ने र जनताको धारणा लिएर जनताको हितको लागी काम गर्न कसरी सकिन्छ भन्ने विचार लिएर जनताको कुरा पनि सुन्ने र आफ्नो विचार पनि राखेर काम गर्नको लागी अघि बढ्ने यो कार्यक्रमको योजना रहेको छ । जनताहरुमा अहिले निराश भएका छन् नी ?किन जनताहरुमा यस्तो निराशता बढेको होला ?
जनतामा निराशता यो कारणले आयो अहिले जसको नेतृत्वमा सरकार छ यो सरकार प्रति जनताको नैराश्यता किन आयो भने २०४६÷४७ सालको पहिलो जनआन्दोलन पछि भएको प्रदेशसभाको चुनावमा नेपाली काङ्ग्रेस सरकारले एक माने सरकार बनायो यसरी एक माने सरकार बनाएपछि नेपाली काङ्ग्रेसलाई के सुविधा थिएन भने तत्कालिन संविधानमा समावेश भएको कुराहरु पुरा भएन तर अहिले जसको नेतृत्वमा सरकार छ उसको दुई तिहाइको सुविधा छ । दुई तिहाई भएको सरकारले पनि जनताको सामान्य भन्दा सामान्य माग पनि पुरा गर्न सरकारले सकेको छैन । यसो हुनुमा भ्रष्टाचार, अनियमितता, घुसखोरी लगायतका राज्यलाई डस्ने खालका तत्वहरुलाई राज्यबाट हटाउने कानुन बनाएर काम गर्ने कानुन अधिकार अहिलेको सरकारलाई छ,थियो कानुन र अधिकार हातमा हुँदा पनि अहिलेको सरकारले त्यो कार्यको लागी एक कदम पनि अगाडि बढ्न सकेको छैन यस कार्यले जनता निराश भएका छन् । त्यसकारण त्यो समस्या समाधानको लागी यो कार्यक्रमको आयोजना गरिएको छ । नयाँ शक्ति पार्टीलाई किन विश्वास गर्ने त ?
अहिले प्रजातान्त्रिक र राजनितिक लडाई पुरा भएर आर्थिक क्रान्तिको लागी अघि बढ्नु पर्छ भन्ने एजेन्डा नयाँ शक्ति पाटि नेपालको ऐजेन्डा हो यो एजेन्डा अहिले नेपालका सम्पूर्ण राजनितिक दलका व्यक्तिहरुले पनि अपनाएको छ । अहिले हुल हेर्दा अरुको पाटिमा हुन्छ भने विचार हेर्दा नयाँ शक्ति पाटिमा पाउनु हुन्छ । जुन पाटिको विचार हुन्छ त्यहि पाटिको नेतृत्वमा सरकार हुनुपर्छ भन्ने कुरा जनताले बुझेको दिन नयाँ शक्ति पार्टि नहोला भन्न सकिँदैन । नयाँ शक्ति पाटि आम नागरीकहरु लामबद्ध तरिकाले जोडिदैँ जाने छ । यो मेरो प्रतिबद्धता हो । धादिङमा नयाँ शक्ति पार्टी नेपालको अवस्था कस्तो छ ?
यो मैले सार्वजनिक कार्यक्रमहरुमा आम जनताको माझमा मैले भन्ने गरेको छु । आमनागरीकहरु नेताका दास भए आम नेताहरु भोटका दास भए यो प्रणालीबाट असल रुपमा राजनीति सफल त हुदैँन । अहिले नेपाल कम्युनिष्ट पाटिको नेतृत्वमा या भनौँ केपी ओलीको नेतृतवमा वर्तमान सरकार छ ५ वर्षमा सबै कुरा सम्भब त हुदँैन सुरुवात गर्न सकिन्छ नी सुरुवातको छाँटकाँट राम्रो छैन । यसमा धेरै कुरा गर्नु आवश्यक छैन वाइडवडी को कुरालाई लिन सकिन्छ, निर्मला हत्या प्रकाण्डलाई लिन सकिन्छ यसको सुरुवात राम्रो छैन भन्ने कुरा नेपालको राजनिति क्षितिजमा स्पष्ट रुपमा देख्न सकिन्छ । वास्तवमा ५ वर्षको अवधीमा गरीब जनताको उन्नती र प्रगतीको लागी ५ वर्षको अधिकार प्रत्येक सरकारका लागी दिनुपर्ने हो । यसरी अघि बढ्ने अभ्यास अहिले हामीले गरीरहेका छौँ । धादिङका नागरिकहरुले किन नयाँ शक्ति पार्टी नेपाललाई विश्वास गर्ने ?
नेपालका आम नागरीहरुले नागरीक चेतना अझै उर्जाशील ढङ्गबाट चेतना जाग्रीत भएको छैन । खाली कुन नेताले के–के दिन्छु भनेर आश्वस्त बनाउँछ खाली कुन नेताले खानपिनमा कती सहयोग गर्छु भनेको छ । राम्रा मान्छेको उपस्थिती मुलुकलाई विकास गर्नुपर्छ भन्ने मान्छेको उपस्थिती जबसम्म हँदैन तबसम्म देशको विकास सम्भब छैन ।