बैशाख ७ गते, २०८१ - ०९ः४३
Follow us:

विदेशमा मृत्यु र अङ्गभङ्ग हुनेलाई स्थानीय तहबाटै आर्थिक सहायता दिने

८ फागुन धादिङ ।
काठमाडौँ – सरकारले विदेशमा मृत्यु भएका परिवारका सदस्य र अङ्गभङ्ग भएर फर्किएका पीडितलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको छ । आर्थिक सहायताका लागि राजधानीस्थित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयमा आउनुपर्ने अहिलेको अवस्थालाई सहज बनाउन सरकारले स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको हो ।
बोर्डले स्थानीय तहको समन्वयमा आर्थिक सहायता निर्देशिका –२०७५ मस्यौदा तयार गरेर अन्तिम रूप दिएर स्वीकृति गर्न मन्त्रालयलमा पठाएको छ । उक्त निर्देशिका स्वीकृत भएर आएपछि स्थानीय तहबाट सहायताबापतको रकम दिन शुरु गरिने बोर्डले जनाएको छ ।
वैदेशिक रोजगार नियमावलीअनुसार रोजगारको करार अवधिभित्रमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डबाट सात लाख रूपियाँ आर्थिक सहायता पाउँछन । त्यसको लागि मृत्यु भएको एक वर्षर्भित्र निवेदन दिएमा ज्यान गएका व्यक्तिका परिवारलाई बोर्डले एकै दिनमा चेक दिने व्यवस्था गरेको छ ।
अङ्गभङ्ग भएका व्यक्तिको हकमा पनि करार अवधिभित्रै अङ्गभङ्ग भएर फर्किएका व्यक्तिले अपाङ्गताको अवस्थाका आधारमा आर्थिक सहायता रकम प्राप्त गर्न सक्छन । त्यसका लागि पीडित व्यक्ति वा परिवारले चिकित्सकले अङ्गभङ्ग भएको अवस्थाबारेमा प्रमाणित गरेको कागजका आधारमा बढीमा सात लाख रूपियाँ सहायता रकम प्राप्त गर्नसक्ने व्यवस्था छ । गोरखापत्र दैनीकबाट ।

प्रतिकृया लेख्नुहोस्: