माघ ९ गते, २०८१ - १६ः२४
Follow us:

फागुन १६ देखि धादिङ पर्यटन तथा औद्योगिक मेला सुरु हुने

८ फागुन धादिङ ।

फागुन १६ गतेदेखी २६ गते सम्म धादिङ पर्यटन तथा औद्योगिक मेला हुने भएको छ । जिल्ला होटल संघ धादिङको आयोजनामा हुने धादिङ पर्यटन तथा औद्योगिक मेला रायोटारमा हुने आयोजकले जानकारी दिएको छ । पर्यटकको स्वागत सत्कार हाम्रो शान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो भन्ने नारा सहित हुन लागेको मेलामा ८० हजार दर्शकले अवलोकन गर्ने आयोजकले दावी गरिएको छ । मेलाको तयार अहिले तिव्र रुपमा पारिदै छ ।

रायोटारमा हुने मेलामा अहिले स्टल निर्माणको काम चलिरहेको छ । मेलाको आकर्षणका रुपमा जातिय तथा सांस्कृतिक खानाका परिकाहरु,जिल्लाको १३ वटै स्थानिय तहका विषेश खानाका स्टलहरु,स्थानीय,राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक बस्तुहरुको प्रर्दशनी तथा विक्रि,हस्तकला तथा विभिन्न घरेलु सामग्रीको प्रर्दशनी तथा विक्रि,विविध साँस्कृतिक प्रर्दशनी तथा प्रतिस्पर्धाहरु,राष्ट्रिय स्थानीय कला,सांस्कृतिकको प्रर्दशनी,रमाईलो मेला÷वाल उद्यान,जिल्ला स्तरीय लोक दोहोरी,नृत्य प्रस्तुती,पर्यटन प्रबद्र्धन सम्बन्धी विविध कार्यक्रमहरु रहने आयोजकले जानकारी दिएको छ । साथै मेलमा राष्ट्रिय कलाकाहरुको दैनीक रुपमा प्रस्तुतीहरु रहने छ ।

साथै मेलामा जिल्लाका आदिवासीहरुको भेषभुषा,संस्कृतिक तथा रहनसहनको प्रदर्शनी,ईलेक्ट्रिक तथा ईलेक्ट्रोनिक्स बस्तुहरुको प्रर्दशनी तथा विक्रि वितरण रहने छ । जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्नको लागि र जिल्लाको आर्थिक विकासको लागि मेलाको आयोजना गरिएको हो । जिल्ला सदरमुकाममा हुने यस्ता महोत्सवहरु पछिल्लो समय राजमार्ग केन्द्रित हुन थालेको छ । मेला सम्पन्न गर्नको लागि विभिन्न उप–समितिहरु निर्माण गरिएको छ। १८ वटा कार्यगत समिति निर्माण भएको छ भने ४ वटा समितिहरु निर्माण गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्: