जेष्ठ ५ गते, २०८३ - २२ः१६
Follow us:

जिल्ला स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधी अमरावती माविलाई

 

७ फागुन, धादिङ ।
धादिङबेसीमा जारी जिल्ला स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधी अपरावती माध्यमिक विद्यालय मैदीले जितेको छ । मंगबार सम्पन्न भएको प्रतियोगितामा अमरावती माविले ५० हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र जितेको छ । यसैगगरी निलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको निलकण्ठ मावि दोस्रो स्थान हासिल गरेको छ । जित सँगै निलकण्ठ माविले नगद ३० हजार शिल्ड,मेडल र प्रमापत्र जितेको छ । यसैगरी रानीपौवा माध्यमिक विद्यालय तृतीय भएको छ । जित सँगै २० हजार नगद शिल्ड र प्रमाण पत्र जितेको छ भने कुमारीदेवी माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेको छ ।
तिन दिन सम्म सन्चालन भएको प्रतियोगितामा ४४ वटा विद्यालयको सहभागिता रहेको थियो । फागुन ५ गतेबाट सुरु भएको डण्डीबियो प्रतियोगिता आजबाट सकिएको हो । नेपाल स्काउट, जिल्ला स्काउट कार्यालय धादिङ र नेपाल डण्डी बियो संघको सयुक्त आयोजनामा प्रतियोगिता सन्चालन गरीएको थियो । अघिल्लो पुस्ताले खुब खेल्ने उक्त खेल अहिले आझेलमा परेको छ । डण्डीबियो खेललाई जिबित बनाउनको लागि प्रतियोगिताको आयोजना गरीएको आयोजकले जानकारी दिएको छ । जिल्ला स्काउटका आयुक्त विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा नेत्रावती डबजुङ गाउँपालिकाका अध्यक्ष दुर्गा नारायण श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: