जेष्ठ ५ गते, २०८३ - २१ः५७
Follow us:

सन्दिप थपलियालाइ मरणासन्न हुनेगरी कुटपिट गर्ने युवा पक्राउ

 

५ धादिङ, फागुन ।
धादिङ प्रहरीले शुक्रबार दुई जना युवाहरुलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्धा दर्ता भएका फरार प्रतिवादी धादिङबेशी बाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बस्ने २० बर्षीय अभिषेक बरुवाल र नीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २० बर्षीय मनोज लामा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी प्रकाश बिष्टले जानकारी दिनुभयो ।
नगरपालिका वडा नम्बर ८ बस्ने २१ बर्षीय सन्दिप थपलियालाई उनीहरुले मरणासन्न गरी पिटेको थिए । पिडित थपलियाको किटानी जाहेरी बमोजिम २०७५ पुष २६ गते ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो । बिशेष सुचनाको आधारमा उनीहरुलाई धादिङबेसीबाट पक्राउ गरीएको हो । पक्राउ परेकाहरुलाई जिल्ला अदालत धादिङ बाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्: