रोटरी क्लब अफ धादिङले दुई विद्यालयको भवन बनाउन तेत्तिस लाख दिने
फाल्गुन ४ गते, २०७५ - ०२ः३१ मा प्रकाशित
३ फागुन,धादिङ ।
धादिङको दुई विद्यालयको निर्माणको लागि रोटरी क्लब अफ धादिङले आर्थिक सहयोग गरेको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको जनजागृति माध्यमिक विद्यालय र नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको इजारा आधारभुत विद्यालयको निर्माणको लागी नगद ६–६ लाख हस्तान्तरण गरीएको हो । शुक्रबार एक कार्यक्रमका बीच जनजागृति माविका अध्यक्ष गोकर्ण रुपाखेती, प्रधानाध्यापक लावणप्रसाद फुयाँल र इजारा आधारभूत बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्द्रकुमार श्रेष्ठ र प्रधानाध्यापक अम्विका अधिकारीले हस्तान्तर गर्नुभएको छ ।
रोटरी क्लबले दुवै विद्यालयलाई प्रति बिद्यालय १६ लाख ५० हजार आर्थिक सहयोग गरिने रोटरी क्लब धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले जानकारी दिनुभयो । शुक्रबार पहिलो किस्ता अन्तरगत प्रति विद्यालय ६ लाख हस्तान्तरण गरेको हो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटान इआरआरआरपि कार्यक्रम संग सहकार्य गरेर दुई विद्यालयलाई सहयोग गरीएको हो ।
चेक हस्तान्तरण कार्यक्रम पश्चात विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेतीले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागी यो रकम कोशे ढुङगा सावित भएको बताउनुभयो । रोटरी क्लबको यस्तो कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग अपेक्षा राख्नुभएको भएको छ । रोटरी धादिङले जिल्लामा स्वास्थ्य र शिक्षाको क्षेत्रमा कार्यक्रम गर्दैआईरहेको छ । धादिङबेसी स्थित होटल जिविकाको हलमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा रोटरी क्लबका संस्थापक अध्यक्ष,धु्रर्व थापा,बर्तमान अध्यक्ष गोविन्द बुढाथोकी,वडा नम्बर ३ का अध्यक्ष होमबहादुर रिजाल लगायत रोटरी धादिङका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
।